सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

सीजी मोटर्सद्वारा पोखरामा नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

आइतबार, साउन ३ २०८३
सीजी मोटर्सद्वारा पोखरामा नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

अब ग्राहकहरुले एउटै छानामुनि तीनवटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन्।

काठमाडौं- नेपालमा आयोन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।

अब ग्राहकहरुले एउटै छानामुनि तीनवटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी सेवा लिन सक्नेछन्। आउटलेटमा सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा ग्राहकलाई मिल्नेछ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्कमार्फत सीजी मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुत बनाउँदै सहजता, पहुँच र भरपर्दो चार्जिङ सुविधा सुनिश्चता प्रदान गर्दै आइरहेको जनाएको छ।

यो व्यापक चार्जिङ पूर्वाधारले सीजी मोटर्सलाई नेपालको सबैभन्दा विश्वनीय र भरपर्दो ईभी प्रदायकमध्ये एकमात्र कम्पनीको रुपमा स्थापित गरेको सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालको भनाइ छ।

गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारीमन्त्री भीम कार्कीद्वारा आउटलेट उद्घाटन गरिएको थियो। करिब १५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको उद्घाटन समारोहमा नयाँ सवारीसाधन खरिदकर्ताहरुलाई सवारीसाधनको साँचो हस्तान्तरण गरिएको थियो।


प्रकाशित : आइतबार, साउन ३ २०८३१५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend