आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

आइतबार, साउन ३ २०८३
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

गत आवमा नै व्यवस्थित हाटबजार स्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ।

दाङ- तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ। 

उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो।

यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ।

गत आवमा नै व्यवस्थित हाटबजार स्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ। रासस


प्रकाशित : आइतबार, साउन ३ २०८३१३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend