काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आज र भोलि मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। रासस