शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने काम सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने काम सुरु
फाइल तस्बिर

घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर फोहर व्यवस्थापनको वैज्ञानिक विधि थालनी गरेको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु गरेको छ।

वर्गीकरण गरी फोहर लैजाने वडामा क्रमशः १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० रहेका छन्। वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं. ७ बाट दैनिकरुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन कार्य सुरु गरिएको बताइन्।

प्रमुख राईले भनिन्, 'सहरभित्रको फोहर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापनको मात्रा घटाउनकै लागि काठमाडौं महानगरपालिकाले वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्न थालेको छ।'

घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर फोहर व्यवस्थापनको वैज्ञानिक विधि थालनी गरेको छ।

घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ। हरेक क्षेत्रमा एक/एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य काठमाडौं महानगरपालिकाको छ।

फोहरमैला वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहरमैला संकलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि काठमाडौं महानगरपालिकाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो।

हाल काठमाडौं महानगरपालिकाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। यसअघि वर्गीकरणविना फोहर लैजाँदा काठमाडौं महानगरपालिकाबाट दैनिक २० ट्रक जाने गरेको थियो।


प्रकाशित : शुक्रबार, असार १९ २०८३१८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend