काठमाडौं- बजेटअघि रसुवा भन्सार कार्यालयबाट बीवाईडीका विद्युतीय कार कागजमा मात्र जाँचपास भएको पुष्टि भएको छ।
बिजनेस न्युजले जेठ १९ गते ‘बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै ‘कागजमा मात्रै’ बीवाईडीका गाडी जाँचपास’ खुलासा गरेको थियो।
समाचार प्रकाशित भएपछि अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित कर्मचारीलाई फिर्ता बोलाएको थियो। नयाँ भन्सार अधिकृत रसुवा पठाएर अर्थ मन्त्रालयले कागजमा मात्र बीवाईडीका गाडी जाँचपासको विषयमा अनुसन्धान गर्न उपसचिव सुरेन्द्र पाण्डे र अधिकृति गोविन्द अधिकारीलाई पनि रसुवा पठाएको थियो।
उक्त टोलीले अनुसन्धान प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ। शुक्रबार भन्सार विभागले रसुवा भन्सार कार्यालयले बजेटअघि बीवाईडीका विद्युतीय कार कागजमा मात्र जाँचपास भएको पुष्टि गरेको हो।
अनुसन्धान टोलीको प्रतिवेदन अध्ययन गरेर अर्थ मन्त्रालयले भन्सार विभागलाई गाडी भौतिकरूपमा नआउँदै कागजमा मात्र जाँचपास गर्ने कार्यमा संलग्न रसुवा भन्सारका १३ जना कर्मचारी, कागजमा जाँचपास गराउने साइमेक्स इंकलगायत कम्पनी र भन्सार एजेन्टहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ।
भन्सारको विभागको प्रष्टीकरणमा भनिएको छ- ‘रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरुबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औँल्याएको छ। अनुगमन टोलीले प्रज्ञापन पत्र, कार्यालयको अभिलेखलगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारी साधनहरु भन्सारमा भौतिक रुपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेको छ। यसरी कानूनी प्रक्रिया पूरा नगरेको देखिएकोले अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका यस कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरुलाई तत्काल निलम्बन गरी विभायीय कारबाहीको प्रक्रिया अघि बढाएको छ। साथै सो कार्यमा संलग्न विद्युतीय सवारी पैठारीकर्ता साइमेक्स इंक प्रालिलगायत तथा एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरुलाई प्रचलित भन्सार कानूनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।’
गएको जेठ १५ गते शुक्रबार बजेट आउनुअघि बुधबार र बिहीबार रसुवा भन्सार कार्यालयले नाकामा गाडी नआउँदै बीवाईडीका विद्युतीय कार जाँचपास गरिदिएको थियो। बीवाईडीले जेठ १३ र १४ प्रज्ञापनपत्र जारी गर्न लगाएको थियो। बाटोमा गाडी आउँदै छ भनेर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट सयौँ विद्युतीय गाडीको प्रज्ञापनपत्र बनाइ करसमेत तिरेको थियो।
रसुवा भन्सारले कागजमा मात्र गाडी जाँचपास गरेको थाहा पाएपछि भन्सार विभागले यस विषयमा गम्भीर चासो राखेर छलफल गरेको थियो। त्यसलगत्तै विभागले विशेष अनुसन्धान टोली रसुवागढी पठाएको हो। टोलीले जेठ १७ गते आइतबार नै रसुवा पुगेर सोमबार बिहानैबाट अनुसन्धान थालेको थियो।
अनुसन्धान टोलीले रसुवा भन्सारबाट जारी भएका प्रज्ञापनपत्र, भन्सार यार्डमा भएका गाडीको संख्या, सीसीटीभी फुटेज, भन्सार यार्डबाट छुटाउँदा जारी भएको गेटपासलगायत सबै विषय केलाएर अध्ययन गरेको हो। भन्सार ऐनअनुसार सवारीसाधन जाँचपास गराउँदा त्यस्ता सवारीसाधन भौतिकरूपमा सम्बन्धित भन्सार नाकामा उपस्थित गराउनु पर्ने व्यवस्था छ।
ऐनको दफा २२ मा शीघ्र जाँचपास गर्न/गराउन सकिने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार कुहिने, सड्ने, जीवित वस्तु, औषधि, अनुसन्धानलगायत सामान भन्सार नाका नआइपुग्दै प्रज्ञापनपत्र बनाएर सहजीकरण गर्न सकिने व्यवस्था छ। सवारीसाधनसहित अन्य तत्कालै नबिग्रिने सामान भने भन्सार नाकामा नआइपुग्दै प्रज्ञापनपत्र जारी गरी जाँचपास गराउन पाइँदैन।
साइमेक्स इंक प्रालिले ‘आउँदै छ’ भनेर सयौँको संख्यामा प्रज्ञापनपत्र लिइ बजेटमा बढ्नसक्ने कर बचाउन कागजमा मात्र गाडी जाँचपास गराएको थियो।
रसुवा भन्सार कार्यालयमा यसअघि पनि बीवाईडी बिक्रेता साइमेक्सले अवैध काम गराउँदै आएको छ। सवारी बिक्री गर्ने कम्पनी साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा ल्याउँदा रसुवा भन्सार कार्यालयले कुनै सोधीखोजीबिनै जाँचपास गरेको थियो।
अहिले पनि रसुवा भन्सारले बजेटमा बढ्ने कर जोगाइदिन बीवाईडीका गाडी पासमा गम्भीर लापरबाही गरेको हो। साइमेक्सले बीवाईडीका एटो वान, एटो टू, एटो थ्री, सिलायन सेभेन तथा डलफिन कार आयात गर्दै आएको छ।
बजेटअघिको १५ दिनमा रसुवा भन्सार कार्यालयबाट बीवाईडीका ४ सय ७२ वटा विद्युतीय कार जाँचपास भएको थियो। यसमा ७० वटा सिलायन सेभेन विद्युतीय कार छ। सिलायन सेभेन बजेटअघि र बजेटपछि जाँचपास हुँदा राज्यले ३२ करोड रुपैयाँभन्दा बढी कर गुमाएको छ।
साइमेक्स इंक प्रालि त्यो कम्पनी हो, जसले विगतदेखि नै करछलीसहित अवैध सिम कार्ड आयातसम्मका काम गरिरहेको छ। हालसम्म अनुसन्धान निकायले साइमेक्सले अवैधरूपमा आयात गरेको सिम कार्डको विषयमा कुनै अनुसन्धान गरेको छैन।
मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा
अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’?
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु
बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन
करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थ मन्त्रालयले बोलेको ३ झुट
एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार?
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट
सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।