काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन तोलामा ७ हजार २ सय र चाँदी १ सय ६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६ सय १५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय ७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।