शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १९ २०८३
माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको थियो।

काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको थियो।

निष्कासनमा २८ लाख ६२ हजार ९०९ जनाले ३ कराेड ६ लाख ५५ हजार ४ सय ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको। जसमा १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

प्रकाशित : शुक्रबार, असार १९ २०८३१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend