बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै दुई प्रतिशतले घट्यो सार्वजनिक सवारीको भाडा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १८ २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै दुई प्रतिशतले घट्यो सार्वजनिक सवारीको भाडा
फाइल तस्बिर

यातायात व्यवस्था विभागले देशभरका राष्ट्रिय रुटमा लागु हुनेगरी तराई पहाड तथा मालबाहक सवारीमा समान रुपमा दुई प्रतिशतका दरले भाडा घटाएको हो।

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। 

बिहीबारदेखि लागु हुनेगरी सबै प्रकारका सार्वजनिक सवारीको भाडा दुई प्रतिशतले घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ। 

नेपाल आयल निगमले १६ गते रातीदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलर तथा एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको थियो। 

सोहीअनुसार यातायात व्यवसायीले पनि इन्धनको मूल्य जस्तैगरी सार्वजनिक यातायातको भाडासमेत स्वचालित रुपमा समायोजन गर्न माग गर्दै आएका थिए। 

यातायात व्यवस्था विभागले देशभरका राष्ट्रिय रुटमा लागु हुनेगरी तराई पहाड तथा मालबाहक सवारीमा समान रुपमा दुई प्रतिशतका दरले भाडा घटाएको हो। 

प्रकाशित : बिहीबार , असार १८ २०८३१७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend