शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस’ सम्पन्न, सल्याम शर्मा च्याम्पियन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १० २०८३
‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस’ सम्पन्न, सल्याम शर्मा च्याम्पियन

विधागततर्फ उत्कृष्ट अनरेटेडमा प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बु द्वितीय भए। महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्याम बाबु शाह द्वितीय घोषित भए।

ललितपुर- जेसीआई पाटनको आयोजनामा ललितपुरमा ‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ सम्पन्न भएको छ। पाटन हाई स्कूल परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट १४२ खेलाडी सहभागी भएका थिए।

प्रतियोगितामा सल्याम शर्मा प्रथम हुँदै १० हजार रुपैयाँ नगदसहित उपाधि जित्न सफल भए। एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो तथा सीएम नबिन तन्डुकार पाँचौं स्थानमा रहे। त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह र सन्देश श्रेष्ठ क्रमशः छैटौंदेखि दशौं स्थानसम्म पुगे।

विधागततर्फ उत्कृष्ट अनरेटेडमा प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बु द्वितीय भए। महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्याम बाबु शाह द्वितीय घोषित भए।

उमेर समूहअन्तर्गत यू–१६ मा हर्षवर्धन राठी प्रथम तथा शुभम जोशी द्वितीय भए। यू–१४ मा सात्विक मान तुलाधर प्रथम र ओस्कार पन्थी द्वितीय भए। यू–१२ मा श्रेष्ठ साहस प्रथम तथा मैनाली दिपन द्वितीय भए भने यू–१० मा रियान्शु पौडेल प्रथम र आयम सुवेदी द्वितीय भए।

एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए। भेट्रान समूहमा पूर्णराज खड्का प्रथम तथा पुण्य मान कर्माचार्य द्वितीय भए।

प्रतियोगितामा कुल ५६ हजार रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। जेसिआई पाटनका अनुसार चेस खेलको विकास, युवा प्रतिभा प्रोत्साहन तथा बौद्धिक खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष तथा महानगर प्रवक्ता राजु महर्जनले गरेका थिए। समापन समारोह भने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


प्रकाशित : आइतबार, जेठ १० २०८३१४:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend