आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

७३ करोड ८४ लाख लगानी थप गर्दै गणपति डोर एन्ड प्लाइबोर्ड इन्डस्ट्रीजले क्षमता विस्तार गर्दै

बुधबार, जेठ ६ २०८३
७३ करोड ८४ लाख लगानी थप गर्दै गणपति डोर एन्ड प्लाइबोर्ड इन्डस्ट्रीजले क्षमता विस्तार गर्दै

प्रालिले लुम्बिनी प्रदेशको बाँकेमा सञ्चालन गरिरेहको गणपति डोर एन्ड प्लाइबोर्ड इन्डस्ट्रीजमा ७३ करोड ८४ लाख ३४ हजार लगानी थप गर्न लागेको हो।

काठमाडौं- गणपति डोर एन्ड प्लाइबोर्ड इन्डस्ट्रीज प्रालिले क्षमता विस्तार गर्ने भएको छ। कम्पनीले क्षमता विस्तारका लागि तयार पारेको आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रालिले लुम्बिनी प्रदेशको बाँकेमा सञ्चालन गरिरेहको गणपति डोर एन्ड प्लाइबोर्ड इन्डस्ट्रीजमा ७३ करोड ८४ लाख ३४ हजार लगानी थप गर्न लागेको हो। 

क्षमता अभिवृद्धिका लागि प्रस्तावित गणपति डोर एन्ड प्लाइवोर्ड इन्डस्ट्रीज आयोजनाको आफ्नै स्वामित्वमा रहेको ५६ हजार ७ सय ३० वर्गमिटर र भाडाको ९४ हजार १ सय ५४ वर्गमिटर उद्योग सञ्चालन भइरहेको छ। 

हाल वार्षिक ६० लाख  वर्गमिटर विभिन्न प्रकारका प्लाइवुड तथा ४० हजार रनिङ फिट डेकोरेट बीट उत्पादन भइरहेकोमा ९० लाख वर्गमिटर विभिन्न प्रकारका प्लाइवुड, २ लाख रनिङ फिट डेकोरेट बीट र  १ लाख ५० हजार पिस काठ कम्पोजिट बोर्ड लगायत  कुल १ करोड ५० लाख  वर्गमिटर विभिन्न प्रकारका प्लाइवुड बन्नेछ। 

त्यस्तै २ लाख ४० हजार रनिङ फिट डेकोरेट बीट र १५ लाख  पिस काठ कम्पोजिट बोर्ड उत्पादन गर्ने  उद्देश्यले उद्योगको क्षमता वृद्धि गर्न लागिएको कम्पनीले जनाइएको छ।

उद्योगमा  अहिले स्थिर पुँजी २१ करोड ३ लाख ३६ हजार र सञ्चालन पुँजी ३ करोड १२ लाख रुपैयाँ गरि कुल २४ करोड १५ लाख ६६ हजार रुपैयाँ लगानी रहेकोमा यसमा स्थिर पुँजीमा ४३ करोड ९६ लाख ३४ हजार रुपैयाँ र सञ्चालनमा पुँजीमा २९ करोड ८८ लाख रुपैयाँ थप गरी कुल लगानी ९८ करोड हुने कमपनीले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ ६ २०८३१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend