आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

५ अर्ब ५० करोडको लगानीमा पर्सामा प्राइम स्टील उद्योग खुल्दै

बुधबार, जेठ ६ २०८३
५ अर्ब ५० करोडको लगानीमा पर्सामा प्राइम स्टील उद्योग खुल्दै

उद्योगको कुल पुँजी ५ अर्ब ५० करोड रुपैयाँ लगानी हुने रिपोर्टमा उल्लेख छ। प्रस्तावित उद्योग वार्षिक ३३० दिन (दैनिक ८ घण्टाको ३ सिफ्ट) सञ्चालन हुनेछ र यसका लागि ४ सय जनालाई रोजगारी दिने प्रालिले जनाएको छ।

काठमाडौं- मधेश प्रदेशको पर्सा जिल्ला ठूलो प्रकृतिको प्राइम स्टील उद्योग स्थापना हुने भएको छ।

उद्योग स्थापनाका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।

प्रस्तावक प्राइम स्टील प्रालि पर्साको पोखरिया नगरपालिकामा स्थापना हुनेछ। उद्योगले वार्षिक रुपमा एसआर स्ट्रीप ३ लाख ९६ हजार मेट्रिक टन, टीएमटी रड ७९ हजार मेट्रिक टन, वायर रड १ लाख १८ हजार ८ सय मेट्रिक टन र बिलेट ७९ हजार २ सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य लिएको छ।

उद्योगको कुल पुँजी ५ अर्ब ५० करोड हुने रिपोर्टमा उल्लेख छ। प्रस्तावित उद्योग वार्षिक ३३० दिन (दैनिक ८ घण्टाको ३ सिफ्ट) सञ्चालन हुनेछ र यसका लागि ४ सय जनालाई रोजगारी दिने प्रालिले जनाएको छ।

उद्योग आफ्नै स्वामित्व र भाडामा लिएको कुल २ करोड ५८ हजार ८ सय २३ वर्ग मिटर क्षेत्रफलमा सञ्चालन हुनेछ।

उद्योग परिसरमा कारखाना, मिल, प्रशासनिक भवन लगायतको कुल निर्माण क्षेत्र ९५ हजार ९ सय ५७ वर्ग मिटर र खुला क्षेत्र १ करोड ६२ हजार ८ सय ६६ वर्ग मिटर र हरियाली ५१ हजार ३ सय ९५ वर्ग मिटर रहने प्रस्ताव गरिएको छ।


प्रकाशित : बुधबार, जेठ ६ २०८३१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend