आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

उत्पादन मिति र म्याद सकिने मिति जाँच गरेर प्रयोग गर्न यशोदा फुड्सको अनुरोध

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ४ २०८३
उत्पादन मिति र म्याद सकिने मिति जाँच गरेर प्रयोग गर्न यशोदा फुड्सको अनुरोध

काठमाडौं- करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्स प्रालिले आफ्ना उद्योगका उत्पादन उपभोग गर्दा उत्पादन मिति र म्याद सकिने मिति जाँच गरेर मात्र प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको छ। 

'नेपाल र नेपालीको सान यशोदा फुडस प्रालिले हजारौँ नेपाली नागरिकलाई रोजगारी तथा कृषि क्षेत्रमा समेत योगदान र विश्वका २२ भन्दा बढी मुलुकहरूमा निर्यात गरी देशमा विदेशी मुद्रा आर्जनमा पनि योगदान गरि आएको छ' यशोदा फुड्सले भनेको छ।

'गर्मियाम बढेसँगै अत्यधिक तापमान बढ्‌ने र पसल तथा काउण्टरहरूमा मालसामान राख्दा चर्को घामको कारणले उद्योगको उत्पादनको गुणस्तरमा फरक पर्न जान्छ। तसर्थः यशोदा फुडस सबै बिक्रेता महानुभावहरूलाई यस उद्योगका उत्पादनहरूलाई घाम पानी नपर्ने स्थानमा भण्डारण गर्ने र सोही तरिकाले बिक्री वितरण गरी उद्योगलाई विश्वमा पहिचान बनाउन साथ र सहयोगको अपेक्षा गर्दछ' उद्योगले भनेको छ।

आफ्नो उत्पादनको गुणस्तर (क्वालीटी) मा विशेष सजगता अपनाएको उल्लेख गर्दै यशोदा फुडस्ले उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको उल्लेख गरेको छ।


प्रकाशित : सोमबार, जेठ ४ २०८३१५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend