आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अप्रिलमा सुस्तायो विद्युतीय कमर्सियल सवारी आयात, कुन ब्रान्डको संख्या कति?

मंगलबार, वैशाख २९ २०८३
अप्रिलमा सुस्तायो विद्युतीय कमर्सियल सवारी आयात, कुन ब्रान्डको संख्या कति?

सहरी क्षेत्र तथा छोटो र मध्यम दुरीमा सामान ओसारपसार गर्न यस्ता पिकअप तथा मिनिट्रकहरुको आयात बढ्दै गएको हो।

काठमाडौं- विद्युतीय कमर्सियल सवारीको आयातमा केही कमी आएको छ। २०२६ को अप्रिलमा ३ सय ३६ वटा विद्युतीय कमर्सिलय सवारी आयात भएको तथ्यांक छ। 

नेपाली बजारमा दजैनौँ ब्रान्डका विद्युतीय कमर्सियल सवारी आयात भइरहेका छन्। ११ सिट क्षेमतादेखि १४ तथा १६ सिटभन्दा बढी क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस उल्लेख्य संख्यामा आयात भइरहेको छ। त्यस्तै पछिल्लो समय मिनिबस तथा ठूला विद्युतीय बस पनि आयात भइरहेका छन्। 

त्यस्तै सामान बोक्न प्रयोग हुने साना तथा मझौता स्तरका विद्युतीय ट्रक पनि चीन तथा भारतबाट आयात भइरहेका छन्। सहरी क्षेत्र तथा छोटो र मध्यम दुरीमा सामान ओसारपसार गर्न यस्ता पिकअप तथा मिनिट्रकहरुको आयात बढ्दै गएको हो। 

आयातमात्र होइन नयाँ नयाँ ब्रान्ड पनि भित्रिने क्रम बढ्दो छ। मुख्यगरी आयात बढ्दै जाँदा बिक्री पनि बढ्दोक्रममा रहेको छ। ब्रान्ड र आयात बढेपनि त्यहीअनुसार सर्भिस र स्पेयरपार्टस भने उपलब्ध हुन सकेको छैन। यसतर्फ व्यवसायीहरुले देशभर सर्भिस र स्पेयरको नेटवर्क विस्तार गर्नुपर्नेछ। 

स्कुलदेखि पर्यटन व्यवसायसम्म र छोटोदेखि मध्यम रुटसम्मका व्यवसायीले विद्युतीय भ्यान तथा माइक्रोबस रोज्न थालेका छन्। सञ्चालन खर्च निक्कै कम भएकाले डिजेल कमर्सियल सवारीभन्दा विद्युतीय कमर्सियल सवारी उनीहरुको रोजाइमा पर्दै आएको छ। 

२०२६ को अप्रिल महिनामा आयात भएका विद्युतीय कमर्सियल सवारी ब्रान्ड र संख्या -

इभेको- १

पर्पल इलाफेन्ट- १

बनलक- २

चेरीवान्डा(जगदम्बा)- २

फारिजोन- २

विलिङ- ५

क्यारी- ६

चेरीवान्डा(शशिला)- ७

आईमो- १०

टाटा- ११

साइनरे- १२

आरजेडएम- १४

गोल्डेनड्रागन- २४

कावे- २९

जोयलङ- ३२

फोटोन- ४८

किङलङ- ५०

कामा- ८०

जम्मा- ३३६


प्रकाशित : मंगलबार, वैशाख २९ २०८३१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend