आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

विश्वकप फुटबल २०२६ : फाइनलको टिकट २२९९९९८.८५ डलरसम्ममा पुन: बिक्री

आइतबार, वैशाख १३ २०८३
विश्वकप फुटबल २०२६ : फाइनलको टिकट २२९९९९८.८५ डलरसम्ममा पुन: बिक्री

तीभन्दा मात्र दुई पङ्क्ति अगाडिका सिटहरू १६ हजार डलरभन्दा बढीमा पुन: बिक्री भइरहेका छन् भने मैदानको सबैभन्दा नजिक रहेका केही सिटहरूको मूल्य २४ हजार डलरभन्दा बढी तोकिएको छ। जसमा खेलप्रेमीहरु आकर्षित नै देखिएका छन्।

काठमाडौं- विश्वकप फुटबलको फाइनलको टिकट अहिले प्रतिगोटा २२ लाख ९९ हजार ९ सय ९८.८५ डलरभन्दा बढीमा पुन: बिक्री भइरहेको छ। आगामी जुलाई १९ तारिखमा विश्वकप फुलटबलको फाइनल खेल अमेरिकाको मेटलाइफ स्टेडियममा हुँदैछ। 

विश्वकप फुटबल २०२६ अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले संयुक्त रुपमा आयोजना गर्दैछन्। विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीस्थित स्टाडियो एज्टेका स्टेडियममा जुन ११ जुनमा हुने तय भएको छ। फाइनल खेल भने अमेरिकामा हुनेछ। 

उक्त फाइनल खेल यदि तपाईं र तपाईंका तीन साथीहरू प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने तपाईंको भाग्य चम्केको छ। जुलाई १९ का लागि मेटलाइफ स्टेडियमको गोलपोस्ट पछाडिसँगै एउटा बक्स बनाएर बस्न मिल्ने चारवटा टिकटहरू उपलब्ध गराइएको सीएनएनले लेखेको छ। तर के यो सुन्दा पत्याउनै नसकिने जस्तो लाग्छ?

उक्त विशेष  टिकटहरू प्रतिगोटा २२ लाख ९९ लाख ९ सय ९८.८५ अमेरिकी डलर (करिब ३० करोड नेपाली रुपैयाँभन्दा बढी) मा बिक्री भइरहेका छन्। यसको अर्थ चारवटै टिकटको कुल मूल्य ९० लाख डलरभन्दा बढी हुन आउँछ।

यी 'क्याटागोरी १' का सिट तल्लो डेकको सबैभन्दा माथिल्लो भागमा सिधै गोलपोस्टको पछाडि र एउटा निकासद्वार नजिकै रहेका छन्। तीभन्दा मात्र दुई पङ्क्ति अगाडिका सिटहरू १६ हजार डलरभन्दा बढीमा पुन: बिक्री भइरहेका छन् भने मैदानको सबैभन्दा नजिक रहेका केही सिटहरूको मूल्य २४ हजार डलरभन्दा बढी तोकिएको छ। जसमा खेलप्रेमीहरु आकर्षित नै देखिएका छन्। 

अर्को एउटा टिकट पनि पुन: बिक्रीका लागि आएको छ। सो टिकट पनि २२ लाख ९९ हजार ९९८.८५ डलरमै उपलब्ध रहेको सीएनएनले उल्लेख गरेको छ। तर यो 'क्याटागोरी ३' को सिट हो जुन स्टेडियमको लगभग सबैभन्दा माथिल्लो भागमा एउटा गोलपोस्ट पछाडि रहेको छ।

फिफा विश्वकप २०२६ को फाइनल खेलका यी सिटहरू फिफा मार्केटप्लेसमा बिक्रीका लागि राखिएका छन्। जुन टिकट लिएका मानिसहरूले आफ्नो टिकट पुन: बिक्री गर्न सक्ने एउटा आधिकारिक प्लेटफर्म हो।

फिफाले यस पोर्टलमा टिकट हुनेले बिक्रीका लागि माग गरेको मूल्यलाई नियन्त्रण गर्दैन। टिकट धनीहरूले स्वतन्त्र रुपमा चाहे जति मूल्य तोकेर आफ्नो टिकट बिक्री गर्न पाउँछन्। यद्यपि फिफाले फिफा मार्केटप्लेबाट जतिमा टिकट बिक्री हुन्छ त्यसको क्रेता र विक्रेता दुवै पक्षबाट १५ प्रतिशत शुल्क लिने गरेको छ।

फिफाका प्रवक्ताले सीएनएन स्पोर्ट्सलाई बताएअनुसार फिफाको रिसेल मार्केटप्लेसले प्रशंसकहरूलाई आफूसँग भएको टिकट अन्य प्रशंसकहरूलाई पुन: टिकट बेच्न वा स्थानान्तरण गर्न सुरक्षित र पारदर्शी वातावरण प्रदान गर्दछ। 'लागु हुने रिसेल सहजीकरण शुल्कहरू उत्तर अमेरिकी खेलकुद र मनोरञ्जन क्षेत्रका उद्योग मापदण्डहरूसँग मेल खानेगरी हुने व्यवस्था गरिएको छ' सीएनएनले लेखेको छ। 

टिकटको चर्को मूल्य

फिफा मार्केटप्लेस प्लेटफर्म क्यानेडियन, अमेरिकी र अन्तर्राष्ट्रिय खेलप्रेमीका लागि उपलब्ध छ। तर स्थानीय कानूनका कारण मेक्सिकनहरुले भने पोर्टलमा तोकिएको अंकित मूल्यभन्दा बढी शुल्क लिन पाउँदैनन्।

मार्केटप्लेसमा फाइनलका लागि साधारण टिकटको सबैभन्दा सस्तो पुन: बिक्री मूल्य अहिले ११ हजार डलरभन्दा केही कममा उपलब्ध छ भने ह्विलचेयर-पहुँचयोग्य टिकटको सबैभन्दा सस्तो मूल्य करिब १५ हजार डलर पुगेको छ।

एसोसिएटेड प्रेसका अनुसार फिफाले हालैमात्र आफ्नो प्रत्यक्ष टिकेटिङ साइटमा फाइनलका लागि १० हजार ९ सय ९० डलरमा नयाँ आधिकारिक टिकटहरू सार्वजनिक गरेको छ। इतिहासकै सबैभन्दा सुलभ भनिएको तीन देशले संयुक्त रुपमा आयोजना गरेको फिफा विश्वकप २०२६ का लागि यो निकै महँगो मूल्य हो। स्टेडियम टिकटको मूल्य नै निक्कै महँगो पर्ने भएकाले   प्रतियोगिताका लागि त्यहाँसम्म पुग्न र बस्नेसम्मको खर्चलाई लिएर भइरहेको चिन्तामा थप बल पुर्‍याएको छ।

फिफाले सीएनएनलाई भन्यो, 'फिफाको मूल्य निर्धारण रणनीतिले प्रत्येक खेलको बजारको मागलाई प्रतिबिम्बित गर्दै मूल्य र क्याटागोरीहरूको दायरा फराकिलो बनाउने भरपुर प्रयास भएको छ।' टिकटहरू विभिन्न बिक्री चरणहरूमा सार्वजनिक गरिएका छन्, जसमा सबैभन्दा सुलभ मूल्यको 'क्याटागोरी ४' र फाइनलसहित हरेक खेलका लागि सहभागी टोलीहरूमार्फत न्यूनतम १ हजार वटा टिकटहरू ६० डलरमा उपलब्ध गराइएको फिफाले जनाएको छ। 

फिफाले आफू एक गैह्रनाफामूलक संस्था भएको र यसबाट आर्जित खर्चपछिको आम्दानी खेलको विकासमा पुन: लगानी गरिने बताएको छ।


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend