आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मारुती प्रिन्ट एण्ड प्याक उद्योगले क्षमता विस्तार गर्दै, वार्षिक ७२ हजार मेट्रिक टन कोरुगेटेड कार्डबोर्ड उत्पादन गर्ने

शुक्रबार, चैत २० २०८२
मारुती प्रिन्ट एण्ड प्याक उद्योगले क्षमता विस्तार गर्दै, वार्षिक ७२ हजार मेट्रिक टन कोरुगेटेड कार्डबोर्ड उत्पादन गर्ने

उद्योगले अहिले १ सय जनालाई रोजगारी दिइरहेको छ भने क्षमता विस्तारपछि थप ६७ जनालाई रोजगारी दिने भएको छ। उद्योगको क्षमता विस्तार पछि कुल पुँजी १ अर्ब ६० करोड ८९ लाख  २२ हजार रुपैयाँ पुग्ने छ।

काठमाडौं- वीरगञ्जमा सञ्चालित मारुती प्रिन्ट एण्ड प्याक उद्योगले क्षमता तथा पुँजी विस्तार गरी वार्षिक ७२ हजार मेट्रिक टन कोरुगेटेड कार्डबोर्ड उत्पादन गर्ने भएको छ।

उद्योगको क्षमता विस्तारका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको हो। २०६७ सालदेखि सञ्चालनमा रहेको उद्योगले अहिले ३२ हजार मेट्रिक टन कोरुगेटेड कार्डबोर्ड उत्पादन गरिरहेको छ।

नेपाली बजारमा उत्पादन हुने खाद्य सामग्री, चिया, कपडा, फलफुल आदि लगायतका सामग्रीलाई प्याक गरी बिक्री वितरण गर्ने कार्य बढिरहेको अवस्थामा कोरुगेटेड कार्डबोर्डको माग बढिरहेको छ। यो मागलाई मध्यनजर गरेर मारुती प्रिन्ट एण्ड प्याक उद्योगको पुँजी तथा क्षमतावृद्धि गर्न लागेको जनाएको छ।

उद्योगले अहिले १ सय जनालाई रोजगारी दिइरहेको छ भने क्षमता विस्तारपछि थप ६७ जनालाई रोजगारी दिने भएको छ। उद्योगको क्षमता विस्तार पछि कुल पुँजी १ अर्ब ६० करोड ८९ लाख  २२ हजार रुपैयाँ पुग्ने छ।

वि.सं. १९९० को दशकमा उत्पादन सुरु भएको कोरुगेटेड कार्डबोर्डको बजार वृद्धि भइ सन् २०२३ सम्ममा ४.७७ मिलियन अमेरिकन डलर पुगेको छ जसमध्ये ८० प्रतिशत कोरुगेटेड कार्डबोर्ड बाहिरी मुलुकबाट आयात गर्ने गरिएको छ। यो माग वार्षिक रुपमा ५ देखि ८ प्रतिशतसम्म बढ्दो छ।

प्रकाशित : शुक्रबार, चैत २० २०८२१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend