आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २९ २०८२
निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

घर फर्किने क्रममा धामी लेकम गाउँपालिका-१ मा भीरबाट लडेर घाइते भएका थिए। धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दार्चुला- दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।

भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका-२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका-१ मा भीरबाट लडेर घाइते भएका थिए। उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २९ २०८२१४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend