आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नेपालस्थित भारतीय राजदूतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १२ २०८२
नेपालस्थित भारतीय राजदूतावासले मनायो ७७ औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको दूतावासले जनाएको छ।

कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो। तत्पश्चात ७७ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका  राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो।

सो अवसरमा कार्यवाहक राजदूतले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे र कुल नेरु ७.२ करोड बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गरे।

कार्यक्रममा विगत एक वर्षमा भारत-नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको एउटा भिडियो प्रस्तुत गरिएको थियो। यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत जीवन्त नृत्य र सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।

काठमाडौंमा आयोजित भारतको ७७औं गणतन्त्र दिवसको उत्सवमा भारतीय समुदायका सदस्यहरू, नेपालमा रहेका भारतका मित्रहरूका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।


प्रकाशित : सोमबार, माघ १२ २०८२१८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend