आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चन्द्रागिरिलाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १० २०८२
चन्द्रागिरिलाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं- चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिँदै छ। काठमाडौंमा चन्द्रागिरि ‘बालश्रममुत्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ। 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिए। यसका लागि उनकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठक बसेको थियो। नगरपालिकाका अनुसार नगरका १५ वडामध्ये वडा नम्बर १२ मात्र ‘बालश्रममुत्त वडा’ घोषणा हुन बाँकी छ। 

आगामी हप्ता हुने विशेष समारोहमा चन्द्रागिरि-१२ सहित नगरफालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिने कार्यत्रम रहेको जनाइएको छ। ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित २०७९ असार २ गते चन्द्रागिरि-१४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो। 

त्यसपछि २०८० असोज ४ मा वडा नम्बर ३, सोही वर्षको फागुन २७ मा वडा नम्बर ८,  चैत २१ मा वडा नम्बर ६, चैत २३ मा वडा नम्बर ७,  चैत ३० मा वडा नम्बर ५, २०८१ भदौ २९ मा वडा नम्बर ११, सोही वर्षको असोज ५ मा वडा नम्बर १०, माघ १० मा वडा नम्बर ९ र माघ २५ मा वडा नम्बर २, फागुन १८ मा वडा नम्बर ४, २०८२ जेठ ३० मा वडा नम्बर १५, सोही वर्षको  भदौ १३ मा वडा नम्बर १३, भदौ १५ मा वडा नम्बर १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो। 

चालु आर्थिक वर्षभिक्र सबै वडालाई ‘बालश्रममुत्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य थियो। लक्ष्यअगावै सो कार्य पूरा भएको जनाइएको छ। 

नगर प्रमुख  गिरीले भने ‘नगरपालिकामा बाल संरक्षण तथा बाल अधिकार सुनिश्चितता गरी बालमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छौँ। नगरफालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यत्रमलाई उच्च प्राथमितामा राखेर विभिन्न गतिविधि एवं बजेट विनियोजन गरेका कारण नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गर्न सक्ने अवस्थामा आइपुगेका हौँ।’

‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५)’, ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, ‘बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६’ तथा ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए।  

बालबालिकासम्बन्धी ‘बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८’ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ। चन्द्रागिरि-१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रममुक्त बनाउँदै लगिएको जानकारी दिए। उनले ‘बालश्रममुक्त वडा’पछिको दिगोपन र निरन्तरताका लागि  काम गरिने र यसका लागि संघसंस्थाले सहकार्य जारी राख्नुपर्ने बताए।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाकी प्रमुख रश्मि श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, संघसंस्था, उद्योग व्यवसाय क्षेत्रको अथक योगदान र सहयोगका कारण नगरपालिकालाई बालश्रममुक्त घोषणाको चरणमा पुर्‍याउन सम्भव भएको जानकारी दिइन्।

यसअघि देशभरका ६ स्थानीय तह माक्रै ‘बालश्रममुक्त घोषणा’ भएका बताइएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाकी अधिकृत विष्णुकुमारी बाँस्कोटाले नगरफालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यत्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। बालश्रममुक्त बनाउने नगरपालिकाको कार्यक्रममा बालविकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाले सहयोग गरेका थिए।  

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रतिवेदनअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत र १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन्। बालकभन्दा बालिका श्रममा बढी अर्थात् १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा छन्। रासस

 


प्रकाशित : बिहीबार , पुस १० २०८२१२:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend