बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न, पुस २५ गते निर्वाचन हुने

बुधबार, पुस ९ २०८२
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न, पुस २५ गते निर्वाचन हुने

संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १ हजार ४ सय ८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४९औँ वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सम्पन्न भएको छ।

आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको नाडाले जनाएको छ।

सभा संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १ हजार ४ सय ८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भयो। 

साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम सो कार्यालयसँगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको नाडाको भनाइ छ। ४९औँ साधारण सभाको प्रमुख अतिथि नाडाका पूर्वमहासचिव दिपक थापा रहेका थिए। 

साधारण सभाका मुख्य विषयहरू निम्न बमोजिम रहेका छन् :

- संस्थाका विभिन्न एजेन्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ।

- आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।

- अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार-विमर्श भएको छ।

- सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापनका कारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भयो।

साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको छ। नाडाले महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानूनबमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित गरेको छ। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति नाडाले सदस्यहरुलाई धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा पनि कानूनी मापदण्डको पालना गर्दै पूर्णपारदर्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने नाडाले प्रतिबद्धता नाडाले दोहोर्‍याएको छ। 


प्रकाशित : बुधबार, पुस ९ २०८२१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend