आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

वैदेशिक रोजगारीमा जान पाँच महिनामा ३ लाख ३९ हजार ५ सय १५ जनाले लिए श्रम स्वीकृति

सोमबार, पुस ७ २०८२
वैदेशिक रोजगारीमा जान पाँच महिनामा ३ लाख ३९ हजार ५ सय १५ जनाले लिए श्रम स्वीकृति

साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, जापान, रोमानिया, ओमान, बहराइन र दक्षिण कोरिया जान सबैभन्दा धेरैले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान ३ लाख ३९ हजार ५ सय १५ जनाले श्रम स्वीकृति लिएका छन्। गएको साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा उक्त संख्यामा नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन्। 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणानुसार मंसिरमा ६५ हजार ७ सय ५ जनाले श्रम स्वीकृति लिएका छन्। साउनमा ६८ हजार १ सय १०, भदौमा ६७ हजार ९ सय ७२, असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका थिए। 

साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, जापान, रोमानिया, ओमान, बहराइन र दक्षिण कोरिया जान सबैभन्दा धेरैले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

प्रकाशित : सोमबार, पुस ७ २०८२१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend