बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एसआरएमको ७ सिट क्षमताको लक्जरी भ्यान, यस्ता छन् विशेषता

सोमबार, पुस ७ २०८२
एसआरएमको ७ सिट क्षमताको लक्जरी भ्यान, यस्ता छन् विशेषता

पुजा कन्ट्रक्सनले लक्जरी भ्यानका रुपमा ल्याएको यसको मूल्य ३९ लाख रुपैयाँ तोकेर सार्वजनिक भएको हो। यो भ्यानलाई लक्जरियस बनाउन विभिन्न विशेषता र सुविधा दिइएको छ।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी एसआरएको नयाँ लक्जरी विद्युतीय भ्यान सार्वजनिक भएको छ। एसआरएमको नेपालका लागि आधिकारिक बिक्रेता पुजा कन्स्ट्रक्सन नेपाल प्रालिले हालै उक्त विलासी भ्यान सार्वजनिक गरेको हो। 

एसआरएम ब्राण्डको ७ सिट क्षमताको लक्जरी भ्यानको आधिकारिक बिक्री सुरू भएको छ। हाल ११ सिट क्षमताको माइक्रो भ्यानकै रूपमा बिक्री हुँदै आएको एसआरएनलाई कम्पनीले सिट घटाइ फराकिलो र विलासी सुविधा थपेर ७ सिट क्षमताको लक्जरी भ्यान ल्याएको हो। यो भ्यान विशेषगरी पर्यटक बोक्नका लागि उपयोगी हुनेछ। 

पुजा कन्स्ट्रक्सनले पर्यटन क्षेत्रलाई मध्येनजर गर्दै ल्याएको नयाँ भ्यानमा अगाडि चालकसहित दुई सिट, दोस्रो लहरमा पनि दुई वटा क्याप्टेन सिट र पछाडिको लहरमा ३ जना बस्न मिल्ने गरी सिटिङ मिलाइएको छ। 

उक्त नयाँ भ्यानमा १५ सय लिटरको ठूलो बुट स्पेस उपलब्ध रहेको छ। सात जना पर्यटकको ७ वटा सुटकेस सजिलै राखेर हिँड्न मिल्ने कम्पनीको भनाइ छ। आवश्यकताअनुसार यात्रु कम भएको खण्डमा तेस्रो लहर फोल्ड गरेर बुट स्पेस बढाउन सकिने छ।  

पुजा कन्ट्रक्सनले लक्जरी भ्यानका रुपमा ल्याएको यसको मूल्य ३९ लाख रुपैयाँ तोकेर सार्वजनिक भएको हो। यो भ्यानलाई लक्जरियस बनाउन विभिन्न विशेषता र सुविधा दिइएको छ। सुरक्षाको लागि अगाडि दुई एयरब्याग, सबै सिटमा सिटबेल्ट, हिल एसिस्ट कन्ट्रोल, ईबीडीसहितको एबीएस, फ्रन्ट भ्यु क्यामेरा र रियर भ्यु क्यामेरा रहेको छ। 

त्यस्तै चाइल्ड सेफ्टी लक, हेडल्याम्प रेन्ज एड्जस्ट जस्ता विशेषताले यो भ्यालाई सुरक्षित र विलासी बनाएको छ। किलेस इन्ट्री, डिजिटल इन्फर्मेसन डिस्प्ले, १४ इन्चको अलोय ह्वील, १ सय ८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, अगाडि चक्कामा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ। एसआरएमको यो भ्यानमा अगाडि म्याकर्फेसनको स्ट्रट र पछाडि सिक्स लिफ स्प्रिङ दिइएको छ। इलेक्ट्रिक पावर स्टेरिङ रहेको यो भ्यानको टर्निङ रेडियस ५.५ मिटर रहेको छ। 

७ सिट क्षमताको एसआरएमको यो भ्यानको लम्बाइ ४४ सय ९५ एमएम, चौडाइ १६ सय ८० एमएम र उचाइ १९ सय ९० एमएम छ। यसमा २९ सय २५ एमएम लामो ह्वीलबेस छ भने प्योर ईभी प्लेटफर्ममा बनेकाले ब्याट्री फ्लोरमा राखिएको छ।

ब्याट्री र मोटर

एसआरएमको ७ सिटर लक्जरी भ्यानमा सीएटीएलले बनाएको ४१.८६ किलोवाट आवरको लिथियम आयोन फस्फेस्ट ब्याट्री रहेको छ। एक पटकको फुल चार्जमा यो भ्यानले ३ सय किलोमिट एनइडीसी रेन्ज दाबी गरिएको छ। यसले रियल वल्र्डमा २ सय ५० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ। 

एसआरएमले यो भ्यानमा ५० किलोवाटको मोटर दिएको छ। पिक टर्क भने २ सय २० एनएम रहेको छ। एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने भ्यानलाई आफ्नो घर वा ग्यारेजमा एसी चार्जरले ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ। डीसी चार्जरको प्रयोग गर्दा यो भ्यान ८० प्रतिशतसम्म चार्ज गर्न ४५ मिनेटमात्रै लाग्ने कम्पनीको भनाइ छ। 

पुजा कन्स्ट्रक्सनले विगत केही वर्षदेखि नै एसआरएम र जोयलङका विद्युतीय भ्यान तथा माइक्रोबस बिक्री गर्दै आएकाले सर्भिस, स्पेयर पार्टस तथा चार्जिङ नेटवर्कको उल्लेख्य विस्तार गरेको छ।

पुजा कन्ट्रक्सनले देशभर ७५ स्थानमा चार्जर जडान गरिसकेको छ। त्यस्तै कम्पनीले एसआएएम र जोयलङका विद्युतीय भ्यान किनेर समयमै मर्मत गर्न नसके उपभोक्तालाई ‘पे ब्याक’ ग्यारेन्टी समेत गरेको छ। यसले उपभोक्तालाई एसआरएम र जोयलङका विद्युतीय भ्यान तथा माइक्रोबस किन्दा स्पेयर पार्टस र सर्भिस पाउने सुनिश्चितता गर्छ। 


प्रकाशित : सोमबार, पुस ७ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend