बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नाइमा नेपाल माेबिलिटी एक्स्पो'को दोस्रो संस्करण आगामी साउन २६ गतेदेखि, स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटीमा गोल्छा

बिहीबार , पुस ३ २०८२
'नाइमा नेपाल माेबिलिटी एक्स्पो'को दोस्रो संस्करण आगामी साउन २६ गतेदेखि, स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटीमा गोल्छा

सभाले संस्थागत सुदृढीकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुपलाई नयाँ सदस्यको  बनाएको छ।

काठमाडौं-  नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) को पहिलो वार्षिक साधारण सभा सकिएको छ। साधारण सभा मंसिर २५ गते संस्थाको कार्यालय कमलपोखरीमा भएको थियो।

उक्त सभाले स्थापनादेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरू, संस्थागत संरचना र रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन्। उनले विगत नौ महिनामा हासिल उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरूलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरू निरन्तर सञ्चालन गर्नुले संस्थाको भूमिकालाई अझ वृहत्तर र विश्वसनीय बनाएको बताइन्।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्‍याए। सदस्यहरूले नाइमाले सक्रिय र प्रभावकारी रूपमा गरिरहेको कामको प्रशंसा गरे।

यसैगरी सभाले २०८२/८३ का कार्यक्रम पारित गर्‍यो। जसमा नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिमहरू, क्षेत्रगत अध्ययन-अनुसन्धान, नीतिगत बहस-पैरवी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को आयोजनालगायतका विषयहरू सामेल छन्। नाइमाले आगामी मोबिलिटी एक्सपो साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने गरी मिति तय गरेको छ।

सभाले संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरशिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटेक ग्रुपलाई नयाँ सदस्य बनाउने निर्णय गरेको छ। उक्त कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रूपमा मनोनितसमेत गरेको छ।

सम्भावित र योग्य ब्राणण्डहरूलाई समावेश गर्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित संवाद जारी राख्ने प्रतिबद्धता साधारण सभामा व्यक्त गरिएको छ। सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरूलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन्। 


प्रकाशित : बिहीबार , पुस ३ २०८२१०:०७
  • सम्बन्धित विषय:

  • # नाइमा


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend