काठमाडौं- सिचुआन प्रान्तको औद्योगिक केन्द्रमा एउटा यस्तो कारखाना छ जसले विश्वभरका ईभी ब्याट्रीको स्तर नै पुनः परिभाषित गरिरहेको छ।
विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएल र चीनकै अग्रणी अटोमेकर चांगान अटोमोबाइलको साझेदारीमा बनेको यो अत्याधुनिक कारखानाले आज गोल्डेन शिल्ड ब्याट्री जस्ता सुरक्षित टिकाउ र उच्च प्रदर्शन गर्ने ब्याट्री विश्व बजारमा पठाइरहेको छ।
सीएटीएलको विश्वव्यापी प्रभुत्व र चांगानको इञ्जनियरिङ क्षमता मिलेर गोल्डेन शिल्ड परियोजना जन्मिएको हो र यसले ईभी ब्याट्रीलाई नयाँ पुस्तामा प्रवेश गराएको छ।
सन् २०२२ मा सीएटीएल र चांगानले सहकार्य गर्दै एउटा संयुक्त कम्पनी स्थापना गरे जसको उद्देश्य अर्को पुस्ताका ईभीहरूका लागि उच्च दक्षमताका पावर ब्याट्री सेल र प्याकहरू विकास र उत्पादन गर्नु थियो।
सिचुआनको यिबिनमा रहेको यो गिगाफ्याक्ट्री पहिलो चरणमै ३० गिगावाट आवर वार्षिक उत्पादन क्षमतासहित सञ्चालनमा आएको छ जसले २००० भन्दा बढी रोजगारी सिर्जना गर्दै चीनको ईभी आपूर्ति शृंखलामा ठूलो योगदान दिएको छ।
यो क्षमता केबल ठूलो मात्र होइन रणनीतिक पनि हो। यसले सीएटीएललाई विश्वका अटोमोटिभ ब्राण्डहरूका लागि अझ सुरक्षित, भरपर्दो र उन्नत ब्याट्री उपलब्ध गराउन सक्षम बनाउँछ।
प्रतिसेकेन्ड १ ब्याट्री सेल उत्पादन
यो कारखानाको वास्तविक चमत्कार गति र गुणस्तर दुवैमा देखिन्छ। यहाँको अत्याधुनिक असेम्ब्ली लाइनले प्रतिसेकेन्ड १ ब्याट्री सेल उत्पादन गर्छ।
त्यसैगरी, एउटा ब्याट्री प्याक मात्र ३ मिनेटमा तयार हुन्छ। त्यति मात्र होइन, उत्पादन प्रक्रियामा ६८०० भन्दा बढी गुणस्तर जाँच बिन्दु छन् र प्रत्येक सेलमा १० हजारभन्दा बढी डेटा प्यान्टहरूले निरन्तर निगरानी गरिरहेको हुन्छ।
यस्तो स्तरको गुणस्तर जाँच अटोमोटिभ उद्योगमा होइन सेमिकन्डक्टर उद्योगमा पनि देखिन्छ।
शक्ति, सुरक्षा र स्थायित्वको नयाँ परिभाषा
यो कारखानाबाट उत्पादन हुने गोल्डेन शिल्ड ब्याट्री तीव्र उत्पादनमा मात्र होइन उच्चतम स्तरको सुरक्षासहित तयार हुन्छ। चरम ताप, पानी झट्का र दबाब जस्ता परिस्थितिमा पनि स्थिर रहने संरचना निर्माण गर्दा गोल्डेन शिल्ड ईभी विश्वासको प्रतीक बनेको छ।
नेपालजस्तो मुलुक जहाँ सडक जोखिमपूर्ण छ, मौसम अनिश्चित छ र चार्जिङ संरचना विकासोन्मुख अवस्थामा छ, गोल्डेन शिल्डजस्तो उच्च गुणस्तरीय ब्याट्री अत्यन्तै महत्त्वपूर्ण छ।
यसरी कडा मापदण्डमा बनेको ब्याट्रीले ईभीधनीलाई सुरक्षाको मात्र आश्वासन होइन दीर्घकालीन भरोसा पनि प्रदान गर्छ।
