बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा टियागो डट ईभीले घोषणा गर्‍यो आकर्षक अफर, नगदसँगै आईफोन १७ प्रोम्याक्स जित्ने मौका

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १८ २०८२
टाटा टियागो डट ईभीले घोषणा गर्‍यो  आकर्षक अफर, नगदसँगै आईफोन १७ प्रोम्याक्स जित्ने मौका

विशेष सुविधाले भरिएको यो अफरअन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो डट ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ अफर घोषणा गरेको छ।

विशेष सुविधाले भरिएको यो अफरअन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आईफोन १७ प्रोम्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन्।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरिज तथा फ्री होम चार्जर इन्स्टलेशन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागोडट ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ। किफायती मूल्य र सहरी क्षेत्रका लागि उपयुक्त टाटा टियागोडट ईभी सुरुआती मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ।


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२१२:४५
  • सम्बन्धित विषय:

  • # टाटा मोटर्स
  • # टियागो.ईभी
  • # सिप्रदी ट्रेडिङ
  • # आईफोन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend