आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपीएल : आज दुई खेल हुने

बिहीबार , मंसिर १८ २०८२
एनपीएल : आज दुई खेल हुने

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ।

काठमाडौं-  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। 

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। 

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौंले  भने छ खेलबाट आठ अंक जोडेको छ। 

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ। 


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend