काठमाडौं- पछिल्ला वर्षहरुमा नेपाली सडकमा ईभीको उपस्थिति बढ्दै गएको छ। नेपालमा ईभीको 'एडप्सन रेट' एसियामै सबैभन्दा बढी छ।
पेट्रोल डिजेलका गाडीबाट विद्युतीय सवारीसाधनमा परिवर्तन हुन चाहनेहरुको मनमा सधैँ एउटा प्रश्न उठ्ने गर्छ, 'मैले ईभी किनेँ भने त्यसको रिसेल भ्यालु कति होला?' ईभीमा प्रयोग भएको प्रविधि कमजोर छैन। डिजाइन पनि आकर्षक छन् तर पनि स्वामित्वसँग जोडिएको दीर्घकालीन प्रश्नको स्पष्ट जवाफ कहिल्यै कुनै ब्रान्डले दिएको पाइँदैन।
यही सन्दर्भमा दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो फ्ल्यागसिप मोडेल 'दिपल एस ०७ आईसीए'मा बाइब्याक ग्यारेन्टी र पाँच वर्षसम्म शून्य खर्च योजना घोषणा गरेर बजारमा नयाँ आत्मविश्वास स्थापित गर्ने साहसिक प्रयास गरेको छ।
अटोमोबाइल क्षेत्रमा यो कदमलाई नेपालमा ईभी स्वामित्वप्रतिको सोच परिवर्तन गर्ने ऐतिहासिक प्रयासका रुपमा लिइएको छ जहाँ जोखिमलाई हटाएर निश्चितता दिने प्रयास गरिएको छ।
नेपाललाई चाहिएको समाधान के थियो?
पर्फर्मेन्स, रेन्ज र प्रविधिमा विश्वास यी विषयमा नेपाली ईभी पारखी धेरै अडिक छन्। नेपाली बजारमा राम्रा ईभीहरु छन् त्यसमा कुनै शंका छैन। तर धेरै इच्छुक ग्राहकहरुको मनमा सधैँ प्रश्न उठ्ने गर्छ पाँच वर्षपछि मेरो ईभीको मूल्य कति रहला? मर्मत खर्च कति होला? ईभी खरिद गर्ने प्रायः निर्णय यहिँ अनिश्चितताले नै रोकेको थियो।
यसलाई बुझ्दै एमएडब्लूले उपभोक्तालाई भविष्य अडकल होइन, लिखित ग्यारेन्टी प्रदान गर्न अघि बढेको छ, उसले भर्खरै सार्वजनिक गरेको नयाँ स्किममार्फत।
कसरी बदल्छ यो योजनाले उपभोक्ताको मनोविज्ञान?
बाइब्याक ग्यारेन्टी अन्तर्गत दिपल एस ०७ आईसीएको दोस्रोदेखि पाँचौं वर्षभित्र निर्धारित मूल्यमा रिसेल सुनिश्चित हुन्छ। अर्थात्, गाडी कति मूल्यमा एमएडब्लूले खरिद गर्छ त्यो पहिलो वर्षमै स्पष्ट हुन्छ, बजारको उतारचढाव वा मूल्यह्रासले प्रभाव पार्दैन।
त्यससँगै, पाँच वर्षसम्म शून्य खर्चले पाँच वर्षसम्म इन्स्योरेन्स, नियमित मर्मत, चर्जिंग र रोड ट्याक्स पूर्णरुपमा नि:शुल्क गरिएको छ। अपरेसन खर्च शून्य भएकाले यो योजना ईभी स्वामित्वलाई पूर्वानुमान योग्य, सुरक्षित र सहज बनाउँछ।
यसले खरिद मानसिकता जोखिम मूल्यांकनबाट विश्वास आधारित स्वामित्वमा रुपान्तरण गर्छ। अब कार खरिदमात्र होइन पाँच वर्षको पूर्वनिर्धारित अनुभव पनि हुनेछ।
उपभोक्ता मनोविज्ञान बदल्ने प्रयास
एमएडब्लूले एउटा क्याम्पेन मात्र ल्याएको छैन, वर्षौंदेखिको उपभोक्ता हिचकिचाहटलाई सीधै सम्बोधन पनि गरेको छ। दिपल एस ०७ आईसीए अब प्रिमियम ईभीसँग भविष्यको भरोसा बनेर उभिएको छ। बजारबाट यो अफरलाई सकारात्मक प्रतिक्रिया मिले यो कदम नेपालमा ईभीप्रतिको विश्वास दर बढाउने महत्वपूर्ण बिन्दुका रुपमा स्थापित हुनेछ।
