आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपिएल क्रिकेटमा आज चार टोली मैदान उत्रने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १२ २०८२
एनपिएल क्रिकेटमा आज चार टोली मैदान उत्रने

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। 

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।
 
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ। रासस

 


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२१०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend