आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपीएल क्रिकेट : चार टोली मैदानमा उत्रने

शुक्रबार, मंसिर १२ २०८२
एनपीएल क्रिकेट : चार टोली मैदानमा उत्रने

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्। 

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

चितवन चार अंका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।
 
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १२ २०८२०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend