आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिङ सेन्टरको स्तरोन्नती

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ९ २०८२
चौधरी फाउन्डेसनद्वारा सुनसरीमा वर्थिङ सेन्टरको स्तरोन्नती

सुनसरीमा भएको यो पहल चौधरी फाउन्डेसनद्वारा सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक महत्तवपूर्ण हिस्सा हो।

काठमाडौं- चौधरी फाउन्डेसनले सुनसरीको गडी गाउँपालिका-७ मा रहेको सत्यमझोरा स्वास्थ्य चौकीमा स्तरोन्नती तथा आधुनिक प्रसूति केन्द्रका लागि सामग्रीहरु  हस्तान्तरण गरी उद्घाटन गरेको छ। यो सहयोगले यस क्षेत्रका आमाहरू र नवजात शिशुहरूका लागि सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच पुग्ने छ। 

चौधरी फाउन्डेसनले स्वास्थ्य चौकीलाई  आवश्यक सामग्रीहरु  उपलब्ध गराइ प्रसूति केन्द्रलाई आधुनिक, उपयोगी र मापदण्डअनुसारको सुविधासहित सक्षम बनाउन सहयोग गरेको छ। सामग्री हस्तान्तरण तथा उद्घाटनमा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गडी गाउँपालिकाका अध्यक्ष, स्थानीय प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'यो केवल एउटा परियोजना मात्र होइन, प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाउन र प्रत्येक नवजात शिशुले सम्मानजनक तथा स्वस्थ जीवनको सुरुवात पाउन हामीले गरेको प्रतिबद्धता हो।'

अन्य वक्ताहरूले समुदाय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ गर्नु अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै चौधरी फाउन्डेसनको दीर्घकालीन योगदानप्रति आभार प्रकट गरे।

सुनसरीमा भएको यो पहल चौधरी फाउन्डेसनद्वारा सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमको एक महत्तवपूर्ण हिस्सा हो। संस्थाले स्थानीय आवश्यकता अनुरूप प्रसूति केन्द्रहरू आधुनिक उपकरण तथा पूर्वाधारले सुदृढ गर्दै आएको र आगामी दिनहरूमा पनि यसलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ।

अहिलेसम्म नवलपरासीको पक्लिहवा प्रसूति केन्द्र, नवलपुरको देवचुली नगर अस्पताल र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकीसहित चार वटा प्रसूति केन्द्रको  स्तरोन्नति चौधरी पाउन्डेसनले गरेको छ। 

चौधरी फाउन्डेसनले नेपालका आमाहरू र शिशुहरूका लागि सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्यप्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र भविष्यमा पनि यो अभियानलाई अझ सबल बनाउँदै लैजाने उद्दृेश्य लिएको छ।


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend