आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपीएल : काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

मंगलबार, मंसिर ९ २०८२
एनपीएल : काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौं दुई अङ्कसहित तेस्रो स्थानमा छ । 

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।  रासस


प्रकाशित : मंगलबार, मंसिर ९ २०८२०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend