आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चार महिनामा ३६ अर्बभन्दा बढी वैदेशिक लगानी स्वीकृत, सबैभन्दा बढी कृषिआधारित उद्योगमा

बिहीबार , मंसिर ४ २०८२
चार महिनामा ३६ अर्बभन्दा बढी वैदेशिक लगानी स्वीकृत, सबैभन्दा बढी कृषिआधारित उद्योगमा

कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन्। कात्तिक महिनामा कुल १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्।

सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन्। आईसीटी क्षेत्रमा मात्र २ सय ५ उद्योगले स्वीकृति पाएका छन्। यसमा लगानी रकम भने तुलनात्मक रूपमा निकै न्यून छ। विभागका अनुसार यस समूहमा करिब ८७ करोड ४३ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

लगानी रकमका हिसाबले भने कृषि तथा वनआधारित उद्योग समूह अग्रस्थानमा रहेको देखिन्छ। यसमा परेका १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी एफडीआई स्वीकृत भएको छ, जुन समग्र प्रतिबद्धतामा सबैभन्दा ठूलो हिस्सा हो।

पर्यटन क्षेत्र पनि लगानी आकर्षणमा उल्लेख्य देखिएको छ। कात्तिकसम्म १ सय १८ पर्यटन उद्योगका लागि ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

सेवा क्षेत्रमा २३ उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक उद्योगमा २१ उद्योगका लागि १ अर्ब ६५ करोड, पूर्वाधारतर्फ करिब ८ अर्ब ७४ करोड, ऊर्जामा १८ करोड र खानी क्षेत्रमा करिब ४५ लाख रुपैयाँको एफडीआई स्वीकृत भएको विभागले जनाएको छ।

कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन्। कात्तिक महिनामा कुल १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ।


प्रकाशित : बिहीबार , मंसिर ४ २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend