आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

बिहीबार , मंसिर ४ २०८२
एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। 

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ। 

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

 गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।  

गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ४ २०८२०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend