बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपालको सार्वभौम क्रेडिट शाख वृद्धिको बाधक राजनीतिक अस्थिरता र कुशासन

बुधबार, मंसिर ३ २०८२
नेपालको सार्वभौम क्रेडिट शाख वृद्धिको बाधक राजनीतिक अस्थिरता र कुशासन

सबल बाह्य क्षेत्र अर्थको बलियो पक्ष नेपाली अर्थतन्त्रको हो। भारतीय मुद्रासँगको स्थिर पेगसहितको नेपाली मुद्रा र अधिक विदेशी मुद्राको सञ्चिति, उच्च लयमा रहेको रेमिट्यान्स नेपाली अर्थतन्त्रका सबल पक्ष रहेको फिचले उल्लेख गरेको छ।

काठमाडौं- आधारभूत आर्थिक सूचकहरू ठीकठाक भएपनि राजनीतिक अस्थिरता र कुशासनका कारण नेपालको सार्वभौम साखमा वृद्धि हुन सकिरहेको छैन। क्रेडिट रेटिङ एजेन्सी फिचले जारी गरेको विज्ञप्तिमा नेपालको साखमा बढोत्तरी हुन नसक्नुको मुख्य कारण कुशासन रहेको उल्लेख गरिएको छ। 

अर्थतन्त्रको बाह्य क्षेत्र, सार्वजनिक ऋणको अवस्था तथा वृहत आर्थिक स्थायीत्व ठीकठाकै भएपनि असल शासनको मापदण्डमा नेपालको प्रदर्शन निकै कमजोर रहेकाले सार्वभौम साखमा सुधार हुन नसकेको फिचले उल्लेख गरेको छ। 

नेपालले सन् २०२५ का लागि आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ प्राप्त गरेको छ। गत वर्षको रेटिङ पनि यही थियो। सार्वजनिक ऋण सन्तुलित रहेको छ। न्यून ब्याजदरमा अधिक अवधिको बाह्य ऋण रहेकोले सार्वजनिक ऋणको अवस्था नियन्त्रणमै रहेको फिचले उल्लेख गरेको छ। 

सबल बाह्य क्षेत्र अर्थको बलियो पक्ष नेपाली अर्थतन्त्रको हो। भारतीय मुद्रासँगको स्थिर पेगसहितको नेपाली मुद्रा र अधिक विदेशी मुद्राको सञ्चिति, उच्च लयमा रहेको रेमिट्यान्स नेपाली अर्थतन्त्रका सबल पक्ष रहेको फिचले उल्लेख गरेको छ। 

हाइड्रोपावरको सम्भावित क्षमताले नेपाली अर्थतन्त्रको तीव्र विस्तारको सम्भावना फिचले देखेको छ। तर गएको असोजमा भएको विद्रोह र त्यसपछिको राजनीतिक संक्रमणका कारणले चालु वर्षको आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने फिचको विश्लेषण छ। यद्यपि मध्यकालीन औसत वृद्धिदर ५ प्रतिशत नेपालले गर्नसक्ने फिचको विश्लेषण छ। 

यी सबलताका बाबजुद पनि नेपालको क्रेडिट स्कोरमा सुधार नुहनुका पछाडिको मुख्य कारण कुशासन हो। राजनीतिक स्थिरता, कानूनी शासन र मानव अधिकारको अवस्था नेपालको स्कोर पुछारमा रहेको छ। ० देखि ५ सम्मको स्कोर दिने फिचले नेपालालई यो क्याटोगरीमा ५ अंक दिएको छ। यो सबैभन्दा कमजोर अवस्था हो। 

उच्च भ्रष्टाचार, नीतिगत तथा राजनीतिक अस्थिरता र कमजोर कानीनी शासन भएका मुलुकले यस्तो स्कोर पाउँछन्। नेपालको अवस्था यसमा कमजोर रहेको छ। भदौको विद्रहोपछि नेपालको राजनीतिक झनै अस्थिर बनेको छ। राजनीतिक पार्टीहरू लयमा फर्किएका छैनन् भने घोषित चुनावको भविष्य निश्चित छैन। यो कारणले गर्दा अहिलेको लागनीको वातावरण झन कमजोर हुने फिचको विश्लेषण छ। 


प्रकाशित : बुधबार, मंसिर ३ २०८२११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend