बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

१५ अंकले बढ्यो सेयर बजार, ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २ २०८२
१५ अंकले बढ्यो सेयर बजार, ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ५२.८५ अंकले घटेको सेयर बजार यो साता आइतबार ५.१५ अंकले घटेकोमा सोमबार र मंगलबार उकालोतिर लागेकाे छ। 

सोमबार ९.७८ अंकले बढेर बजार २५५०.३७ बिन्दुमा पुगेको बजार मंगलबार १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ। २०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिएका देखिन्छन् भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरिरहेका छन्।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend