बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

लगानीको वातावरण असुरक्षित हुँदै गएपछि निजी क्षेत्रमा कर्जा विस्तार रोकियो

सोमबार, मंसिर १ २०८२
लगानीको वातावरण असुरक्षित हुँदै गएपछि निजी क्षेत्रमा कर्जा विस्तार रोकियो

राष्ट्र बैंकका अनुसार यस अवधिमा थपिएको कर्जा ८२ देखि ९३ अर्ब रुपैयाँ मात्र हो। गत आवको सोही त्रैमासमा निजी क्षेत्रतर्फ कर्जा लगानी २.५ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६५ करोड पुगेको थियो।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा केवल १.५ प्रतिशतले मात्रै वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा थपिएको कर्जा ८२ देखि ९३ अर्ब रुपैयाँ मात्र हो। गत आवको सोही त्रैमासमा निजी क्षेत्रतर्फ कर्जा लगानी २.५ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६५ करोड पुगेको थियो।

बजारमा हाल करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ र केही महिनाभित्रै १० खर्ब पुग्ने अनुमान छ। तर ठूला पूर्वाधार तथा दीर्घकालीन परियोजनामा लगानीको स्पष्ट मार्ग नखुलेसम्म यो रकम अर्थतन्त्रमा प्रभावकारी रूपमा परिचालित हुन नसक्ने देखिएको छ।

ब्याजदर घटेको र विदेशी मुद्रा सञ्चिति उच्च भएतापनि निजी क्षेत्रले जोखिम महसुस गरिरहेको छ। कोरोना महामारी, आर्थिक मन्दी र जेनजी आन्दोलनले लगानी वातावरण कमजोर बनाएको छ। यसले सरकारले तत्कालै सुरक्षाको ग्यारेन्टी गरेर लगानीको वातावरण बनाउन जरुरी देखिएको निजी क्षेत्रका प्रतिनिनिधहरुले बताउँदै आएका छन्।

गएको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि निजी क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको छ। आन्दोलनमा सरकारी र निजी सम्पत्ति, उद्योग-व्यवसाय र व्यवसायीका घरमा तोडफोड हुँदा व्यवसायीहरू निरुत्साहित भएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ यस्तो वातावरणमा लगानी बढ्न कठिन रहेको बताउँछन्। ‘देश चुनावतर्फ अघि बढ्ने संकेतका रूपमा लिन सकिन्छ, तर चुनावमा बढेन भने समस्या जटिल हुनेछ,’ उनले भने। सुरक्षाको प्रत्याभूति नहुँदासम्म लगानी बढ्न नसक्ने उनको भनाइ छ।

बैंकहरूले मंसिर महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । ऋण नगएपछि अहिले दशककै सस्तो ब्याजदर हुँदा पनि ऋण लगानी गर्न लगानीकर्ता डराएका छन्।

कुल औसतमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर कात्तिकको ५.२० प्रतिशतबाट घटेर मंसिरमा ५.०४ प्रतिशत पुगेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०७ प्रतिशत घटेको छ ।

२०८२ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ। यसमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको छ।

चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा :

निर्माण क्षेत्र: २.९ प्रतिशत वृद्धि

यातायात, सञ्चार, सार्वजनिक सेवा: २.४ प्रतिशत

औद्योगिक उत्पादन: २.४ प्रतिशत

उपभोग्य वस्तु: १.६ प्रतिशत

थोक/खुद्रा व्यापार: १.४ प्रतिशत

सेवा उद्योग: ०.३ प्रतिशत घट्यो

कर्जा प्रकारअनुसार

रियल इस्टेट: ३.२ प्रतिशत वृद्धि

मार्जिन प्रकृति: ३ प्रतिशत

क्यास क्रेडिट: २.७ प्रतिशत

आवधिक: ०.७ प्रतिशत

हायर पर्चेज: ०.६ प्रतिशत

ट्रस्ट रिसिट: ४.३ प्रतिशत घट्यो

मंसिरमा पनि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति? मंसिरमा पनि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

दशककै सस्तो ब्याजदर : लगानीकर्ताका लागि न्यून बिन्दुमा कर्जा, तर बढेन लगानी दशककै सस्तो ब्याजदर : लगानीकर्ताका लागि न्यून बिन्दुमा कर्जा, तर बढेन लगानी  वाणिज्य र विकास बैंक दुवैमा खराब कर्जाको भार, पुँजीकोषमा प्रत्यक्ष दबाब वाणिज्य र विकास बैंक दुवैमा खराब कर्जाको भार, पुँजीकोषमा प्रत्यक्ष दबाब


प्रकाशित : सोमबार, मंसिर १ २०८२०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend