बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विद्युत बिक्रीबाट सिक्लेस हाइड्रोपावरको नाफा ८ करोड ७६ लाख, अन्य वित्तीय सूचक पनि सकारात्मक

आइतबार, कात्तिक ३० २०८२
विद्युत बिक्रीबाट सिक्लेस हाइड्रोपावरको नाफा ८ करोड ७६ लाख, अन्य वित्तीय सूचक पनि सकारात्मक

कम्पनीको पहिलो त्रैमासिक सञ्चालन खर्च १ करोड ३७ लाख ५१ हजार रूपैयाँ पुगेको छ।

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले ८ करोड ७६ लाख ९९ हजार ८ सय ४८ रूपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीले कुल आय १३ करोड ३१ लाख १० हजार रूपैयाँ कायम भएको जनाएको छ। यसमा विद्युत बिक्रीबाट आय १३ करोड ६ लाख ५३ हजार रूपैयाँ रहेको छ भने अन्य स्रोतबाट ४ लाख ५० हजार रूपैयाँ आम्दानी भएको छ।

सञ्चालन खर्चमा रोयल्टी, आयोजना सञ्चालन खर्च र प्रशासनिक खर्च समावेश छन्। कम्पनीको पहिलो त्रैमासिक सञ्चालन खर्च १ करोड ३७ लाख ५१ हजार रूपैयाँ पुगेको छ। रोयल्टी १६ लाख ९४ हजार, आयोजना सञ्चालन खर्च ३० लाख ७६ हजार र प्रशासनिक खर्च ५६ लाख ३५ हजार रहेको छ।

कम्पनीको पेड-अप सेयर पुँजी ८५ करोड, रिजर्भ र सरप्लस २२ करोड २४ लाख र दीर्घकालीन ऋण ९६ करोड ३५ लाख रहेको छ। कुल स्रोत २ अर्ब ३ करोड २८ लाख पुगेको छ।

सिक्लेस हाइड्रोपावरको मडक्यु खोला जलविद्युत आयोजना स्विचयार्डबाट करिब १४ किलोमिटर १३२ केभी केबलमार्फत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा विद्युत आपूर्ति हुँदै आएको छ। आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ र विद्युत आपूर्ति सन्तोषजनक रूपमा भइरहेको छ।

कम्पनीले सेयर कारोबार विवरण पनि सार्वजनिक गरेको छ। पहिलो त्रैमासमा अधिकतम सेयर मूल्य १ हजार १ सय ७५.४१ रूपैयाँ, न्यूनतम ६१३ रूपैयाँ, अन्तिम मूल्य ६१३ रूपैयाँ पुगेको छ। कारोबार भएका दिन ५१ र कुल कारोबार रकम ७० करोड २८ लाख ६५ हजार २७२ रूपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४१.२७ रूपैयाँ रहेको छ। यसले पनि कम्पनीको वित्तीय सूचक उत्कृष्ट रहेको जनाउँदछ।

कम्पनीले सामना गर्नुपर्ने चुनौतीमा प्राकृतिक प्रकोप: बाढी, पहिरो रहेको छ। नदीमा जल प्रवाह घटेमा विद्युत उत्पादनमा असर पर्न सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend