बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

मंसिरमा पनि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

मंसिरमा सबैभन्दा बढी ब्याज दिने बैंक ग्लोबल आईएमई

आइतबार, कात्तिक ३० २०८२
मंसिरमा पनि १० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति?

व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले दिँदा सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ।

काठमाडौं- वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

प्रकाशित विवरणअनुसार २० मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई कायम राखेका छन्।

एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।

यिनैमध्ये एनआईसी एसियाले सबैभन्दा बढी, ०.७५ प्रतिशतबिन्दुले, ब्याजदर घटाएको छ। मंसिरमा एनआईसी एसियाले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने भएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आईएमई बैंकले दिने भएको छ। यस बैंकले अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिनेछ, जसको अधिकतम ब्याजदर ४.७ प्रतिशत छ।

कुल औसतमा हेर्दा, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको ५.२० प्रतिशतबिन्दुबाट घटेर मंसिरमा ५.०४ प्रतिशतबिन्दुमा झरेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ०.०७ प्रतिशतबिन्दुले घटेको छ।

कुन बैंकको कति?

क्र.सं. बैंक व्यक्तिगत निक्षेप  (प्रतिशत) संस्थागत निक्षेप (प्रतिशत)
स्ट्याण्डर्ड चार्टर्ड बैंक ४.७ २.७५
नबिल बैंक ४.७५ ३.७५
प्राइम कमर्शियल बैंक ४.७५ २.७५
सिटिजन्स बैंक इन्टरनेशनल ४.७५
नेपाल एसबिआई बैंक ४.८ ३.८
कुमारी बैंक ४.९१ ४.०१
प्रभु बैंक ४.९५ २.७५
कृषि विकास बैंक ४.९५ २.७५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
१० माछापुच्छ्रे बैंक
११ एनएमबी बैंक
१२ लक्ष्मी सनराइज बैंक
१३ एभरेस्ट बैंक
१४ सानिमा बैंक ३.३
१५ सिद्धार्थ बैंक
१६ एनआईसी एशिया बैंक
१७ नेपाल बैंक ५.२५ ३.२५
१८ राष्ट्रिय वाणिज्य बैंक ५.५
१९ हिमालयन बैंक ५.५ ४.२५
२० ग्लोबल आइएमई बैंक ४.२५


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend