बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

२०२५ मा सबैभन्दा धेरै ब्रान्ड भ्यालु गुमाउने कम्पनीहरु, दुईवटा अटोमोटिभ ब्रान्ड

शनिबार, कात्तिक २९ २०८२
२०२५ मा सबैभन्दा धेरै ब्रान्ड भ्यालु गुमाउने कम्पनीहरु, दुईवटा अटोमोटिभ ब्रान्ड

धेरै ब्रान्ड भ्यालु गुमाउने १० कम्पनीहरुमा कफिचेन, लजिस्टिक, अटोमोटिभदेखि सामाजिक सञ्चालसम्म रहेका छन्।

काठमाडौं- विश्वका ठूला कम्पनीहरुले राम्रो आम्दानी गरेको छन्। सोही आधारमा यस्ता कम्पनीहरुले आफ्नो ब्रान्ड भ्यालु पनि बढाउन सफल भएका छन्। तर त्यसमध्ये केही ठूला कम्पनीले नै २०२४ को तुलनामा २०२५ मा ब्रान्ड भ्यालु गुमाएका छन्। 

वित्तीय विस्तार कमजोर हुनु, बिक्री वृद्धि धिमा हुनु, प्रतिस्पर्धा उच्च हुनुलगायत कारणले ब्रान्डहरुको भ्यालु कम भएको हो। गत वर्षको तुलनामा २०२५ मा सबैभन्दा धेरै ब्रान्ड भ्यालु अमेरिकी कम्पनी स्टारबक्सले गुमाएको छ। 

ब्रान्ड फाइनान्सको तथ्यांकअनुसार २०२४ को तुलनामा यो वर्ष स्टार बक्सले २१.९ अर्ब अमेरिकी डलर ब्रान्ड भ्यालु गुमाएको हो। ब्रान्ड फानाइन्सको तथ्यांकका आधारमा भिजुअल क्यापिटालिस्टले २०२४ को तुलनामा २०२५ मा धेरै ब्रान्ड भ्यालु गुमाउने १० कम्पनी बारे उल्लेख गरेको छ। 

अघिल्लो वर्षको तुलनामा २०२५ मा धेरै ब्रान्ड भ्यालु गुमाउनेमा दुई वटा सवारी उत्पादक कमपनी रहेका छन्। त्यसमध्ये चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला र जर्मन विलासी कार उत्पादक कम्पनी मर्सिडिज बेन्ज रहेका छन्। 

धेरै ब्रान्ड भ्यालु गुमाउने १० कम्पनीहरुमा कफिचेन, लजिस्टिक, अटोमोटिभदेखि सामाजिक सञ्चालसम्म रहेका छन्। 

सबैभन्दा धेरै भ्यालु गुमाउन ब्रान्ड स्टारबक्सको ब्रान्ड भ्यालु २०२४ मा ६०.७ अर्ब डलर रहेकोमा २०२५ मा यो घटेर ३८.८ अर्ब डलरमा झरेको छ। अमेरिकी कफी चेन स्टारबक्स विश्वको सबैभन्दा ठूलो कफी चेन हो। 

त्यसैगरी धेरै ब्रान्ड भ्यालु गुमाउने कम्पनीको दोस्रो नम्बरमा विद्युतीय कार उत्पादक अमेरिकी कम्पनी टेस्ला रहेको छ। टेस्लाको विश्वव्यापी बिक्रीमा कमी आएको, कम्पनीका सीईओ एलन मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिमा लागेकोलगायत कारणले कम्पनीले आफ्नो ब्रान्ड भ्यालु गुमाउन पुगेको हो। 

यी हुन् १० धेरै भ्यालु गुमाउने १० ब्रान्ड

स्टारबक्स- २०२४ मा ६०.७ अर्ब, २०२५ मा ३८.८ अर्ब, गुमेको २१.९ अर्ब 

टेस्ला- २०२४ मा ५८.३ अर्ब, २०२५ मा ४३ अर्ब, गुमेको १५.३ अर्ब

वीच्याट- २०२४ मा ४१.८ अर्ब, २०२५ मा ३३ अर्ब, गुमेको ८.९ अर्ब

मित्सु ग्रुप- २०२४ मा ३२.५ अर्ब, २०२५ मा २५.५ अर्ब, गुमेको ७ अर्ब

मर्सिडिज बेन्ज- २०२४ मा ५९.४ अर्ब, २०२५ मा ५३ अर्ब, गुमेको ६.४ अर्ब

ईवाई- २०२४ मा ३०.८ अर्ब, २०२५ मा २५ अर्ब, गुमेको ५.८ अर्ब

फेडेक्स- २०२४ मा २८.६ अर्ब, २०२५ मा २२.९ अर्ब, गुमेको ५.६ अर्ब

सेल- २०२४ मा ५०.३ अर्ब, २०२५ मा ४५.४ अर्ब, गुमेको ४.९ अर्ब

एलिभेन्स हेल्थ- २०२४ मा २५.५ अर्ब, २०२५ मा २१.३ अर्ब, गुमेको ४.२ अर्ब

स्पेक्ट्रम- २०२४ मा २७.५ अर्ब, २०२५ मा २४.४ अर्ब, गुमेको ३.१ अर्ब


प्रकाशित : शनिबार, कात्तिक २९ २०८२१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend