शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

नबिल बैंकको ७ प्रतिशत ‘डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत

बिहीबार , कात्तिक २७ २०८२
नबिल बैंकको ७ प्रतिशत ‘डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत

एक हजार अंकित मूल्यका दरले ३० लाख कित्ता जारी गरी कुल ३ अर्ब रूपैयाँ बराबरको यो ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबारमा आएको बैंकले जनाएको छ।

काठमाडौं- नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक आठ वर्षे ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ।

सूचीकरणसम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँले हस्ताक्षर गरेका थिए।

ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ। एक हजार अंकित मूल्यका दरले ३० लाख कित्ता जारी गरी कुल ३ अर्ब रूपैयाँ बराबरको यो ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबारमा आएको बैंकले जनाएको छ। ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सञ्चालन गर्नेछ।

नबिल बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि बैंकले नवीनतम बैंकिङ सेवाहरू सुरू गर्दै नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend