बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विभिन्न कार्यक्रम गरी कामना सेवाले मनायो १९औँ वार्षिकोत्सव, ल्यायो नयाँ निक्षेप योजना

बिहीबार , कात्तिक २७ २०८२
विभिन्न कार्यक्रम गरी कामना सेवाले मनायो १९औँ वार्षिकोत्सव, ल्यायो नयाँ निक्षेप योजना

'अल्फा ग्रो' खाता खोल्ने ग्राहकहरुलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने छ भने खातावालाको ५० हजार रूपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ।

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सव मनाएको छ। बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमसमेत गरेको छ।

बैंकले बिहीबार देशव्यापीरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। बैंकका अनुसार रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ।

यस्तै, बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरिय फुटलस कप (पाँचौँ संस्करण) पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो।

१९औँ वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना 'अल्फा ग्रो' समेत सार्वजनिक गरेको छ। बैंकका अनुसार यो खाता १८ वर्षसम्मका उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ल्याइएको हो। 'अल्फा ग्रो' खाता खोल्ने ग्राहकहरुलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउने छ भने खातावालाको ५० हजार रूपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ।

उक्त जीवन बीमाको प्रिमियम, खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ। जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 'अल्फा ग्र' खातामार्फत बालबालिकामा बचत गर्ने बानीको विकास र अभिभावकहरुलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend