बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

१७ करोड ६० लाखको आईपीओ निष्कासन गर्दै फेदीखोला हाइड्रो, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

बिहीबार , कात्तिक २७ २०८२
१७ करोड ६० लाखको आईपीओ निष्कासन गर्दै फेदीखोला हाइड्रो, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावरको आईपीओ निष्कासन गर्ने  बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त  हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजना २०८२ माघभित्रमा सम्पन्न गर्ने लक्ष रहको छ।

काठमाडौं- फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुलाउने भएको छ। 

अधिकृत तथा जारी पुँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रूपैयाँबराबरको सेयर निष्कासन गर्न लागेको हो।

प्रतिअंकित मूल्य १०० दरका १७ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिएअनुरुप जारी गर्ने कम्पनीले जनाएको छ।

सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावरका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा एनएमबि क्यापिटल प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नम्बर ६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भइरहेको ४.३ फेदी जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ।

हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजना २०८२ माघभित्रमा सम्पन्न गर्ने लक्ष रहको छ।


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend