आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीबाट बच्न अनुरोध

बिहीबार , कात्तिक २७ २०८२
पोर्चुगलमा कामदार भिसा बन्द : ठगीबाट बच्न अनुरोध

पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो।

लिस्बन- पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ।

दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागु हुनेगरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा सावधानी अपनाउन सम्बद्ध सबैसँग आग्रह गरेको हो।

नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई पोर्चुगलमा काम लगाइदिने बहानामा ठगीधन्धा भइरहेको जानकारी प्राप्त भइरहेको सन्दर्भमा दूतावासले यस्ता गैरकानुनी गतिविधि नगर्न र त्यसमा सामेल नहुन चेतावनी दिएको छ।

यसरी कामदार भिसा बन्द गरिसकेको विद्यमान अवस्थामा त्यसकिसिमका भिसा प्रयोग गरी कोही पनि यहाँ आउन नपाउने स्पष्ट गर्दै पोर्चुगल आउने वा पठाउने नाममा हुनसक्ने ठगीबाट जोगिन सम्बद्ध सबैसँग दूतावासले अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend