बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेचुङ भन्सारद्वारा ३ अर्ब ४९ करोड राजस्व संकलन

बिहीबार , कात्तिक २७ २०८२
नेचुङ भन्सारद्वारा ३ अर्ब ४९ करोड राजस्व संकलन

नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्।

मुस्ताङ- नेपाल-चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले ३ अर्ब ४९ करोड ८५ लाख ११ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो।

भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्। यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन्।

नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २७ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend