काठमाडौं- अर्थ मन्त्रालयको राजस्व सचिवमा भुपाल बराल सरुवा भएका छन्। दिनेश घिमिरे बाहिरिएपछि खाली रहेको राजस्व सचिवमा बराल भित्रिएका हुन्।
अर्थ प्रशासनको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका बराल सचिव बढुवा भएपछि बागमती प्रदेशको मुख्यसचिव बनेका थिए। आन्तरिक राजस्व विभागको महानिर्देशकसमेत बनिसकेका बराल अर्थ मन्त्रालयको विभिन्न महाशाखाको अनुभव बटुलिसकेका कर्मचारीमा पर्छन्।
मन्त्रालयको राजस्व सचिवको दरबन्दी नै खाली गर्ने तयारी भएपनि संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न नभएकाले अहिलेका लागि राजस्व सचिवको पदस्थापन गरिएको हो।