काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको नाफा उल्लेखनीय रूपमा वृद्धि गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको नाफा १८ करोड १७ लाख रुपैयाँभन्दा ४४.६१ प्रतिशतले बढी हो।
कम्पनीले विद्युत् बिक्री आम्दानी बढ्न र वित्तीय खर्च घट्नुलाई नाफा वृद्धि हुने प्रमुख कारण हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १३.३१ प्रतिशतले बढेको र कुल नाफा १०.७९ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशतले घटेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ। पहिलो त्रैमाससम्म कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात १५.६२ गुणा रहेको विवरणमा उल्लेख छ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अपि पावरको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।