काठमाडौं- कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ।
'एक खाता एक रुख' सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालहरुले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन्।
साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा पनि रहेको छ। यस योजनाअन्तर्गत खोलिएका प्रत्येक खाताबापत एक रुख रोपिने बैंकले जनाएको छ।
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन्।
बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन्।