काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सेयरधनीहरूलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको अनुसार सो प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
लाभांश पारित गर्नका लागि कम्पनीले तेह्रौँ वार्षिक साधारण सभा यही २०८२ पुस ४ गते (१९ डिसेम्बर २०२४), शुक्रबार बिहान ९ बजे काठमाडौँको आम्रपाली ब्याङ्क्वेट, थिरबम सडकमा बोलाएको छ।
वार्षिक साधारण सभाले लाभांश प्रस्तावसँगै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत (१:१) हकप्रद सेयर जारी गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ। साथै कम्पनीको प्रबन्धपत्रका केही दफा संशोधन र पुँजी वृद्धिसम्बन्धी प्रस्तावहरू पनि सभाको कार्यसूचीमा रहेका छन्।