बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य

मंगलबार, कात्तिक २५ २०८२
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य

हाल उनले सानिमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन्।

काठमाडौं- सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त भएका छन्। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले माघ १२ देखि लागु हुनेगरी आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

२०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेका आचार्यले बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव सँगालेका छन्। हाल उनले सानिमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन्।

यसअघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए। कर्जा मूल्यांकन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा उनको विज्ञता रहेको छ।

साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन्। यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ।

उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुने बैंकको विश्वास छ।


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend