शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

हरियोमा टेकेर बन्द भयो सेयर बजार, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

मंगलबार, कात्तिक २५ २०८२
हरियोमा टेकेर बन्द भयो सेयर बजार, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ४.२५ अंकले घटेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालोतिर नै लागेकोमा तेस्रो कारोबारमा भने सामान्य वृद्धि देखिएको छ। 

यो साता आइतबार ३०.०२ अंकले घटेको बजार सोमबार पनि ५.७९ अंकले घटेको थियो। मंगलबार भने बजार सामान्य वृद्धितर्फ लागेको हो। 

मंगलबार ३.२१ अंकले बढेर बजार २५६५.१६ बिन्दुमा पुगेको छ। १४२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। १०२ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार सेयर बजार ३०.७५ अंकले वृद्धि भएको थियो। सोमबार ८.२३ अंकले घटेको बजार मंगलबार पनि २७.६५ अंकले ओरालो लागेको थियो। बुधबार १२.१७ अंकले बढेको बजार बिहीबार ११.२९ अंकले घटेको थियो। 

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend