बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बारपाक-लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

मंगलबार, कात्तिक २५ २०८२
बारपाक-लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ।

गोरखा- गोरखाको बारपाक-लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाको-१ बारपाक र धार्चे गाउँपालिका-४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो।

निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका-४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए। उनले भने, 'दुई दिनसम्म पूर्णरूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ।'

शर्मा/विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ। तोकिएको अवधिमा बारपाक-लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए।

गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ। सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ।

विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुन सकेको छैन। रासस


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend